News

प्रचण्डको भारत भ्रमणले १५ वर्षदेखि भुमिगत नक्सलवादी नेतालाई दशा लाग्यो

१ वर्षदेखि पञ्जावीको भेसमा ढावा चलाईरहेका दिनेश गोप विराटनरबाट पक्राउ

प्रचण्डको भारत भ्रमणले १५ वर्षदेखि भुमिगत नक्सलवादी नेतालाई दशा लाग्यो

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका कारण एक भारतीय नक्सलवादी नेतालाई दसा लागेको छ। भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोप विराटनगर आसपासबाट पक्राउ परेका छन्।

डेढ दशकदेखि भुमिगत रहेका गोपलाई नेपाल प्रहरीको विशेष ब्युरोले विराटनगर आसपासबाट पक्राउ गरेको हो। १ वर्षभन्दा अघिदेखि पञ्जाबीको भेसमा ‘ढाबा’ चलाएर बसेका उनलाई जेठ ७ गते दिल्ली प्रहरीको जिम्मा लगाईएको प्रहरी स्रोतले जनाएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि वातावरण वनाउने क्रममा उनी पक्राउ परेको जनाईएको छ। खुन्ती जिल्ला झारखण्ड निवासी वरिष्ठ नक्सालवादी नेता गोपलाई भारत सरकारले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो। सरकारले उनको टाउकाको मूल्य ३० लाख भारु तोकेको छ।

उनीविरुद्ध भारतमा १ सयभन्दा बढी मुद्दा दर्ता भईसकेको जनाईएको छ। भारतीय सुरक्षाकर्मीको खोजी सूचिमा रहेका गोपलाई दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। प्रहरीले औपचारिक जानकारी भने दिएको छैन। 

भारतीय सञ्चारमाध्यमहरु इन्डिया पोस्टको अंग्रेजी संस्करण र इस्ट कोस्ट दैनिकले गोप पक्राउको समाचार प्रकाशन गरेका छन्। कतिपय भारतीय मिडियाले भने गोप नेपालको सीमानजिकै भारतमै पक्राउ परेको जनाएका छन्।

माओवादीले नेतृत्वको सरकारले भारतीय माआवादी नेतालाई नै पक्राउ गरेर सुपुर्दगी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय नक्सालवादी आन्दोलनबाट प्रभावित भई तत्कालीन नेकपा मालेले ०२८ सालमा झापा विद्रोह गरेको थियो। त्यसैको परिवर्तित रुप अहिलेको एमाले हो। वर्तमान प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले पनि नेपालमा १० वर्ष लामो जनयुद्ध गर्दा नक्सलवादी आन्दोलनलाई समेत उत्प्रेरक क्रान्ति मानेको थियो।
सोही नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल जेठ १७ गतेबाट चार दिने भारत भ्रमणमा जाँदैछन्।

नक्सलवादी

विशेष