News

सीके राउतका दुई सांसदको पद धरापमा, फिर्ता बोलाउने निर्णय

सीके राउतका दुई सांसदको पद धरापमा, फिर्ता बोलाउने निर्णय

सीके राउत नेतृत्वको जनमत पार्टीका दुई सांसदको पद धरापमा परेको छ। पार्टीले सांसदबाट फिर्ता वोलाउने निर्णय गरेपछि सोनु मर्मुर र विनिता सिंहको पद धरापमा परेको हो।

काठमाडौंको तपोवनमा शुक्रवार सकिएको केन्द्रीय समिति बैठकले समानुपातिक तर्फका सांसदहरु मुर्मुर र सिंहलाई फिर्ता वोलाउने निर्णय गरेको एक केन्द्रिय सदस्यले वताए ।

उनीहरुमाथि पार्टीको निर्णय पालना नगरेको आरोप छ। केन्द्रीय समिति बैठकले मुर्मुर र सिंहलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मत रुपमा पारित गरेको ती केन्द्रिय सदस्यले वताए ।

मुर्मुरले पार्टीको निर्णय बिपरीत आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेको र सांसद सिंहको भने संसदीय भूमिका प्रभावकारी नभएको निष्कर्ष बैठकले निकालेको छ । जनमतले यी सांसदहरुलाई फिर्ता बोलाउनेगरी संसदीय दलले प्रक्रिया अगाडि बढाउने भएको छ । 
 

विशेष