News अपराध सुरक्षा

नैतिक संकटमा अख्तियार प्रमुख, राजिनामा नदिए महाअभियोग

नेतृत्वमा बसेर आफैमाथि लागेरको आरोपमा कसरी होला अनुुसन्धान?

नैतिक संकटमा अख्तियार प्रमुख, राजिनामा नदिए महाअभियोग

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आजदेखि काठमाण्डौं जिल्ला अदालतमा बयान सुरू हुँदैछ। उनीहरुले न्यायाधीशसमक्ष बयान दिनेछन्। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको अभियोगमा सरकारी वकिल कार्यालयले बुधबार अदालतमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको थियो।

पक्राउ परेकाहरुलाई आजै अख्तियारमा पनि हाजिर गराईने स्रोतले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालयले यो प्रकरण अनुशन्धान गर्न अख्तियारलाई आजै पत्र पठाउने र त्यसपछि उनीहरुलाई त्यहाँ पनि हाजिर गराईने जनाईएको छ। 

योसँगै नक्कली शरणार्थी प्रकरणको मुद्दा अख्तियारको ‘कोर्टमा’ पुगेको छ। यसले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नैतिक संकट परेका छन। तत्कालिन गृहसचिव राई माथि पनि उक्त प्रकरणमा पैसा वुझेको आरोप छ।

गृहसचिवबाट अवकाश पाएपछि राईलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ०७७ मंसिर ३० गते अख्तियारको प्रमुख आयुक्त बनाएको थियो। राईले अख्तियार पुगेपछि आफूसहित उच्च राजनीतिक व्यक्तिहरु जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता भएका दुई उजुरीलाई अनुसन्धान गर्नु नपर्ने भन्दै तामेलीमा राखेको पाईएको छ।

उक्त उजुरीहरु प्रहरीले अनुसन्धान गरी उच्च राजनीतिक व्यक्तिमाथि मुद्दा दायर गर्दा अख्तियारले ती उजुरीमा किन अनुसन्धान गरेन भन्ने प्रश्नले राई अप्ठ्यारोमा छन्। अख्तियार उच्च स्रोतले भने विगतमा तामेलीमा राख्दा कसैलाई पनि जानकारी नभएको तर अब यसमा अनुसन्धान अघि बढ्ने बताएको छ। आवश्यकता परेमा राई प्रमुखबाट अलग हुनुपर्ने र त्यसका लागि उनले नैतिकता देखाउनु पर्ने जानकारहरु वताउँछन्।

जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमै प्रमुख आयुक्त राईको नाम भएकाले पनि उनले नैतिकता देखाएर राजीनामा दिने वा अनुसन्धानबाट अलग हुनु पर्ने उनीहरुको भनाई छ। त्यसो नभए संसदमा महाभियोग दर्ता गराएर भएपनि राईलाई हटाउनु पर्ने माग सुरु भएको छ।

शरणार्थी प्रकरणमा गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएका थिए। यसैगरी, विचौलिया केशव दुलालले पनि राईको नाम लिएका छन्। उनल राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा ०७६ साउनमा तीन करोड रुपैयाँ दिएको बताएका छन् । 

२०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। उक्त कार्यदल बन्दा राई गृह सचिव थिए। उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृह सचिव बनेका हुन्।

भुटानी शरणार्थी

विशेष