News

प्रहरीका रिगरुटले खुकुरीले हानेर आफनै प्रेमिकाको हत्या गरेपछि...

प्रहरीका रिगरुटले खुकुरीले हानेर आफनै प्रेमिकाको हत्या गरेपछि...

संखुवासभामा एक युवकले प्रेमिकाको हत्या गरेपछि आफनै छातिमा खुकुरीले हानेर आत्महत्याको प्रयास गरेका छन्।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान स्थानीय २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घट्ना खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा भएको हो। खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते उनको जिल्ला अस्पतालमा खाँदबारीमा उपचार भइरहेको छ।

गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार गएराति दुवैजना दर्नालको डेरामा बसेका थिए। बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हत्याको कारण खुल्न सकेको छैन। 
 

विशेष