News

रवि लामिछाने भन्छन्– हाम्रो ‘चेकलिष्ट’ मा पहिलो नम्बरमै ‘भ्रष्टाचार अन्त्य’ भनेर लेखिएको छ

रवि लामिछाने भन्छन्– हाम्रो ‘चेकलिष्ट’ मा पहिलो नम्बरमै ‘भ्रष्टाचार अन्त्य’ भनेर लेखिएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेरी पनि आफुले जस लिने प्रयास गरेका छन् । यसअघि शरणार्थी प्रकरणको अनुशन्धान आफनै पालामा सुरु भएको दावी गरेका लामिछानेले आफुहरुको उदेश्य नै भ्रष्टाचार नियन्त्रण भएको बताए।

पार्टीको ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो पार्टीले कामको प्राथमिकिकरण गरेर ‘चेकलिष्ट’ नै बनाएको वताउँदै रास्वपा जनताको आवश्यकताको कारण जन्मिएको दावी गरे। 

रास्वपाले बनाएको ‘चेकलिष्ट’ मा पहिलो नम्बरमै ‘भ्रष्टाचार अन्त्य’ भनेर लेखिएको लामिछानेको दावी छ। ‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ’ उनले भने–‘हामीले चेकलिष्ट अनुसार काम गर्छौँ । तपाईँले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट।’

‘तर जति भोक लागे पनि थाल खान सकिन्न खाने भनेको गाँस नै हो र हाम्रो पहिलो गाँस भ्रष्टाचारको अन्त्य हो।’ शरणार्थी प्रकरणमा मुछिएकाहरू जरा नभई हाँगा मात्रै भएको उनको दावी छ।
 

विशेष