News

झलनाथलाई पूर्वराजाको चिन्ताः राजतन्त्र फर्कँदैन, राप्रपाको अध्यक्ष बन्नुस्

झलनाथलाई पूर्वराजाको चिन्ताः राजतन्त्र फर्कँदैन, राप्रपाको अध्यक्ष बन्नुस्

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता गरेझै गरी राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले अब नेपालमा राजतन्त्र नफर्किने भन्दै त्यसका लागि परिश्रम गर्नु भन्दै राप्रपाको अध्यक्ष बन्न वा अन्य कुनै पार्टी खोल्न सुझाव दिएका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्’ उनले भने–‘एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। बरू राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्।’ 

खनालले हिजो आन्दोलनमा ठूलो भूमिका खेलेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताए। दलहरुले १५ वर्षको समीक्षा गर्दै देशलाई अगाडि लैजान नसके देशमा अराजकता सिर्जना हुने उनको भनाइ छ।   

‘ठूला मेजर पार्टीहरु जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन्’ उनले भने–‘त्यसै कारण अहिले परिस्थिति यस्तो भएको हो।’ नक्कली भुटानी शरणार्थी प्रकरणले देशको प्रतिष्ठामा आँच आएको बताउँदै यो अनुसन्धानलाई अन्तिमसम्म लगिनुपर्ने बताए। 

विशेष