News

मुटु चेक गर्छु भन्ने रवि लामिछानेलाई प्रचण्डको जवाफ

मुटु चेक गर्छु भन्ने रवि लामिछानेलाई प्रचण्डको जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार न्यूनीकरणमा सरकारको मुटु नहल्लिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले यस्तो वताएका हुन।

जेठ १० गतेको संसद् बैठकमा लामिछानेले प्रधानमन्त्रीको मुटु हल्लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए । भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री डराएको भन्दै उनले ‘तपाईको मुटु चेक गराउन चाहन्छु, कुन अस्पतालमा जाने ?’ भन्दै प्रश्न गरेका थिए।

प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो नदेखिएको भन्दै उनले भनेका थिए, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’

प्रधानमन्त्री दाहालले वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा लामिछानेको सोही कुरालाई लक्षित गर्दै शंका गर्नुभन्दा सरकारको संकल्पको पक्षमा उभिन आग्रह गरे ।

‘यही एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो। विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु ।’– उनले भने।
 

विशेष