News

सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीको जन्ममिति खुल्ने कागज अदालतमा

विश्वकप क्वालिफायर तयारीका लागि हुन लागेको दक्षिण अफ्रिका यात्रामा लाग्न सक्छ धक्का

सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीको जन्ममिति खुल्ने कागज अदालतमा

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग हुन् वा होइनन् भन्ने विवाद निरुपण गर्न मगाईएको कागजात जिल्ला अदालत काठमाण्डौं पुगेको छ।

किशोरी र लामिछानेका तर्फबाट प्रस्तुत गरिएका कागजात एकआपसमा वाझिएपछि अदालतले जन्ममिति खुल्ने कागजात पुनः झिकाएको थियो। अदालतको आदेशपछि पर्साको नारायणी अस्पताल र नुवाकोटस्थित किशोरीको वडा कार्यालयले पुनः कागजात उपलब्ध गराएका हुन्।

बुधबार दुवै कार्यालयले किशोरीको जन्मदर्ताको कागजात बुझाएका छन्। यसपटक पठाएका कागजात भने खोलिएको छैन। हाल प्राप्त सवै कागजात अब इजलासमा मात्रै खोलिने छ। 

यसअघि किशोरीले आफू नाबालिग रहेको भन्दै नागरिकता लगायतका कागजात पेश गरेकी छन् भने लामिछानेले उनी नाबालिग नभएको भन्दै कागजात उपलब्ध गराएका छन्। अदालतमा पेश गरिएका बसाईसराई, जन्मदर्ता, शैक्षिक प्रमाण पत्र, विद्यालयमा भएको अभिलेख, किशोरी जन्मिएको अस्पतालको अभिलेख र नागरिकतामा उमेर बाझिएको छ। 

कुनै कागजातमा उल्लेख गरिएको जन्ममिति अनुशार किशोरी नाबालिग रहेको फेला परेको छ भने कुनै कागजातमा उनी नाबालिग नरहेको प्रमाण फेला परेको छ। किशोरीको जन्म मिति २०६१ असार १८ र २०६२ असार १८ गते गरी दुई वटा फेला परेका छन्।

किशोरी पक्षले ०६२ को जन्म मिति रहेको कागजात पेश गरेका छन् भने सन्दीप पक्षले ०६१ सालको जन्मका कागजात पेश गरेका छन्। यो मुद्दाका विषयमा जिल्ला अदालत काठमाडौंले यसअघि नै किशोरीका यी प्रमाण संकलन गरिसकेको थियो। 

नाबालिगको हकमा सहमतीमै करणी भए पनि बलात्कार मानिने तर नाबालिग नरहे सहमतीमा भएको करणीलाई बलात्कार नमानिने भएकाले यो मुद्दामा उमेर विवाद देखिएको हो। 

सर्वोच्च अदालतले यो मुद्दा छिटो टुंग्याउन आदेश दिएको छ तर, जिल्ला अदालतबाट विभिन्न बहानामा मुद्दाको पेशी सर्दै आएको छ।

मुद्दामा भएको ढिलाईकै कारण जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि दक्षिण अफ्रिका जान लागेका सन्दीप अन्यौलमा छन्। नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार नै त्यसतर्फ जाँदैछ। 

अदालतमा मुद्दाको सुनवाई र फैसलामा अनावश्यक बिलम्ब हुँदा सन्दीप निराश बन्दै गएको निकटस्थ स्रोतले जनाएको छ। 

सन्दीप लामिछाने

विशेष