News

युवराज सफलले रविका कार्यकर्तालाई अन्तरवार्तामै हात हालेपछि...

युवराज सफलले रविका कार्यकर्तालाई अन्तरवार्तामै हात हालेपछि...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा हालेर वेला वेला चर्चामा आईरहने युवराज पौडेल ‘सफल’ ले अन्तरवार्ताकै क्रममा अधिवक्ता यज्ञमणि न्यौपानेलाई हात हालेका छन् । 

एउटा टेलिभिजनमा अन्तरवार्ता दिन वसेका सफल र न्यौपानेबीच भनाभन हुँदा सफलले हात हालेका हुन। न्यौपानेले पौडेललाई ‘अदृश्य शक्तिबाट पाएको रकमले काठमाडौंमा बाँचे’ भन्दै आरोप लगाएपछि उनी आक्रोशमा आएका थिए।

यज्ञमणिले ‘अदृश्य शक्तिले दिएको फिका आधारमा उहाँ काठमाडौंमा बाँच्नुभएको छ’ भनेपछि उनलाई हात हाल्दै उनी वसिरहेको कुर्षीबाट उठे। त्यसपछि उनले ‘रवि लामिछानेको मुद्दा लड्दा ७० लाख रुपैयाँ लिएको हो कि होइन तपाईंलाई’ भनेर प्रतिप्रश्न गरे।

त्यसपछि कार्यक्रम केही वेर आशन्त बन्यो। पौडेलले अदृष्य शक्तिले पैसा दिएको प्रमाण तत्काल देखाउन भन्दै नदेखाए कार्यक्रम स्थलबाट जानै नपाउने भन्दै न्यापानेलाई धम्की दिए। उनले कार्यक्रममा जे पनि हुन सक्छ भन्दै प्रस्तोतालाई प्रहरी बोलाउन समेत अह्राए।

अन्तिम समयमा भने प्रस्तोता आफैं उठेर सफललाई कुर्सीमा वसाए। यज्ञमणि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् । यी दुईबीच विवाद लामिछानेकै विषयमा भएको हो । 
 

युवराज सफल रवि लामिछाने

विशेष