News

जलहरी प्रकरणमा प्रचण्डले गल्ती स्विकारे, ओलीमाथि आरोप लगाउनु गलतै हो

जलहरी प्रकरणमा प्रचण्डले गल्ती स्विकारे, ओलीमाथि आरोप लगाउनु गलतै हो

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल गर्न वसेको तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

जलहरी प्रकरणमा माओवादी सांसदले ओलीमाथि लगाएको आरोपका विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहालले संसदमा सम्वोधन गर्ने र आरोप रेकर्डबाट हटाउने सहमति भएपछि वैठक सकिएको हो।

बैठकमा प्रधानमन्त्री दाहालले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए । उनको भनाइ उद्वृत गर्दै एमाले नेताले भने, ‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकै हो । यसलाई गलत भनेरै जानुपर्छ ।’

त्यो विषयमा प्रधानमन्त्रीले आजै संसदमा सम्वोधन गर्ने र संसद बैठक सुचारु हुने सहमति भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको उनले वताए। 
 

जलहरी

विशेष