चरा ठोक्किएको आशंकामा बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता

काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएपछि काठमाण्डौंमै फिर्ता भएको छ।
शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट उडेको आर ए २४४ कलसाइनको विमानमा चरा ठोक्किएको आशंका भएको थियो। उक्त विमान फर्काएर त्रिभुवन विमानस्थलमा नै अवतरण भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं फर्काइएको हो । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।