News

लक्की ज्वेलर्सका ऋषीको डंकाः १० वर्षमा अरबौका मालिक, ब्यवसायमा ‘शंका’

लक्की ज्वेलर्सका ऋषीको डंकाः १० वर्षमा अरबौका मालिक, ब्यवसायमा ‘शंका’

कारवाहीमा पर्ने डरले ‘बृहत्तर जनकपुर क्षेत्र विकास परिषद’ को इन्जिनियर पदबाट राजिनामा दिएका ब्यक्ति १० वर्षभित्र अरवौका मालिक छन भन्दा सवैले पत्याई हाल्ने विषय होईन।

तर, जीवन धान्नका लागि जागिर गर्ने र कारवाहीको डरले राजिनामा दिने जनकपुरका इन्जिनियर ऋषी ठाकुरले जागिर छोडेको १० वर्षभित्रै अरबौको सम्पत्ति जोडेर सवैलाई चकित पारेका छन्। यति मात्र होईन, उनले लण्डनमा समेत शाखा खोलेर ब्यापार/ब्यवसाय गर्न सक्ने हैसियत बनाएका छन्।

तर, उनको ब्यापार/ब्यवसाय भने शंकास्पद छ। उनी ब्यापार/ब्यवसायकै कारण वेला–वेलामा विवादमा परिरहन्छन्। उसो त विवादित छवीकै कारण उनले जागिर पनि गुमाउनु परेको थियो। कर्मचारी आचरण विपरित गतिविधी गरेको तथा कर्मचारी भएकै बखत नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा लागेको भन्दै सहकर्मीले नै उनी विरुद्ध सप्रमाण अख्तियारमा उजुरी गरेका थिए।

अख्तियारले अनुसन्धान थालेपछि उनी राजिनामा दिएर जागिरबाटै वाहिरिए। त्यसपछि काठमाण्डौं छिरेका उनले काठमाण्डौं–२४, न्यूरोडमा ‘लक्की ज्वेलर्स’ नामको पसल खोले। अहिले सोही पसल ‘ग्रुप अफ लक्की ज्वेलर्स’ नामको विशाल कम्पनी भएको छ।

देशका प्रमुख शहरहरुमा यसका शाखा छन्। लण्डनमा समेत शाखा खोलेर ब्यापार÷ब्यवसाय गर्न सफल भएका छन्, ऋषी। उनको यो सफलताको कथा भने निकै चाख लाग्दो छ।

०७७ भदौ २७ गते देशका विभिन्न अनलाईन पोर्टलहरुमा एउटा सुन तस्करीको समाचार चर्चामा आयो। जसमा साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनसहित २ जना पक्राउ परे।

यो सुन तस्करी प्रकरणमा उनै ऋषीको लक्की ज्वेलर्स जोडियो। पक्राउ परेका ब्यक्तिले प्रहरीसँगको बयानमा उक्त सुन ‘लक्कि ज्वेलर्स’बाट खरिद गरेको वयान दिएपछि लक्कीका कर्मचारी श्रीनिवास उपाध्याय पक्राउ परे। त्यो प्रकरणमा प्रहरीले संगठित अपराध अन्र्तगत मुद्दा चलायो। मुद्दा अदालतमा विचाराधिन छ।

लक्की ज्वेलर्सको अर्को विवाद नारायणगढमा पनि देखियो। ऋषीले नारायणगढमा घर किने। उनले घर किनेपछि २१ वर्षदेखि सोही घरमा रामप्रसाद सापकोटाले गर्दै आएको भाँडापसल बन्द गरिदिए। ०८२ सम्मको सम्झौता गरेर कोठा भाडा लिएका सापकोटालाई ७ वर्षअघि नै निकाल्न उनले कहिले सटरमा जाने गेटमा ताला लाईदिने, कहिले लाईन काटिदिने र कोठा नछोडे समस्या हुने भन्दै धम्क्याउन थाले।

यो विषय पनि ‘कोट–कचहरी’ गर्दै अहिले सेलाएको छ। यसरी वेला वेलामा विवादमा पर्ने ब्यवसायी ठाकुरले देशलाई कर चाही कति तिर्छन ? भन्ने अहिले चासोको विषय भएको छ। यो विषयमा ऋषीसँगै वुझ्ने प्रयास भने सफल भएन। उनको ९८५१०९७..५ नम्वरको मोवाईल स्विच अफ छ।

लक्की ज्वेलर्स ऋषी ठाकुर

विशेष