News

एमालेका पुर्वमन्त्री गुरुङको गुण्डागर्दीः बाटो हिडिरहेका चालकलाई गाडी रोकेर कुटे

एमालेका पुर्वमन्त्री गुरुङको गुण्डागर्दीः बाटो हिडिरहेका चालकलाई गाडी रोकेर कुटे

एमाले पोलिटब्युरो सदस्य एवम पूर्वमन्त्री पार्वत गुरुङले आफनो गाडीलाई अवरोध गरेको भन्दै अमित अधिकारी नामका युवालाई कुटेका छन्। 

गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै थिए। अधिकारी पनि परिवारसहित ०२३ च ८९२५ नम्बरको कारमा सोही बाटो हुँदै काठमाण्डौं आउँदै थिए।

गुरुङ्ग र अधिकारीको कार अगाडि÷पछाडि भईरहेको थियो। सिन्धुपाल्चोकको सुकुटेमा गुरुङ्गको गाडीले अधिकारीको गाडीलाई अस्वाभाविक रूपमा ओभरटेक गर्यो। तर, केही अगाडि पुगेपछि उनीहरु आराम गरेर वसिरहेका थिए।

अधिकारी अगाडि वढे, गुरुङ्गको गाडीले फेरि त्यसैगरी अधिकारीलाई ओभरटेक गर्यो। त्यसपछि उनीहरु पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा विसाईरहेका थिए। दुई पटकसम्म अस्वभाविक तरिकाले ओभरटेक गर्दै अगाडि गएर विसाउँदै गरेपछि अधिकारीले गाडी रोकर गुरुङका चालकसँग कुरा गरे।

‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै उनले प्रश्न सोधेपछि उनले ‘म पीएसओ हुँ, पूर्वमन्त्री पार्वत गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको’ भन्दै प्रतिप्रश्न गरे। यति कुरा हुँदै गर्दा गुरुङ आफैं गाडीबाट झरेर आफुलाई झापड हानेको अधिकारीले वताएका छन्।

गुरुङ्ग यतिमा मात्र रोकिएनन्, उनले अधिकारीलाई प्रहरी चौकीमा पठाउन निर्देशन दिए। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल लगियो। उनीसँगै रहेका दाजु, भाउजू र भाइसमेतलाई सोधपुछका नाममा मानसिक तनाव दिएको उनको आरोप छ। ‘मापसे गरेर गाडी चलाएको आरोप पनि लगाए’ उनले भने–‘त्यसपछि मैले जाँच गर्न चुनौती दिए। र दुर्व्यवहारको उजुरी दिन खोज्दा मिल्नुपर्छ भन्न थाले।’

जिल्ला प्रहरी कार्यालय काभ्रेले भने ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको जानकारी दिएको छ। पूर्वमन्त्री गुरुङले भने विवाद हुन थालेपछि ‘तिमी जाउ भाई’ भनेर आफुले सामान्य धकेलेको दावी गरेका छन्।

गुरुङले ०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर गौरीशंकर–१ का वीरध्वज खड्कालाई गौशालामा कुटपिट गरेका थिए। यही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो । 

पार्वत गुरुङ

विशेष