News

शपथपछि उपेन्द्रको पहिलो सम्वोधनः सरकारमा जाने बारे छिट्टै निर्णय गर्छौं

शपथपछि उपेन्द्रको पहिलो सम्वोधनः सरकारमा जाने बारे छिट्टै निर्णय गर्छौं

वैशाख ४ गते गृहजिल्लामा हारेपछि बारा २ खाली गराएर उपचुनाव जितेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सपथ ग्रहणपछिको पहिलो सम्वोधनमा सरकारमा जाने वारे चाँडै निर्णय गर्ने वताए।

आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुने र सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफु रहेको वताए।

सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उनले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताए ।

बारा २ वाट प्रतिनिधि सभामा निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति वनाएर वैशाख १० गते भएको उपनिर्वाचन मार्फत उपेन्द्र यादव सांसद वनेका हुन। मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी २ बाट पराजित भएका थिए। जनमत पार्टीका अध्यक्ष सिके राउतले उनलाई पराजित गरेका थिए।

विशेष