News

गगन थापाको आलोचनापछि राष्ट्रपतिले उपचार खर्च आफै ब्यहोर्ने

गगन थापाको आलोचनापछि राष्ट्रपतिले उपचार खर्च आफै ब्यहोर्ने

चौतर्फी विरोध र आलोचना भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचारमा लागेको खर्च आफै ब्यहोर्ने मनसाय ब्यक्त गरेका छन्।

राष्ट्रपतिको स्वकीय सचिवालयले मंगलवार एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेलले उपचार खर्च आफै ब्यहोर्न चाहेको जनाएको छ। प्रेस संयोजक खिला कार्कीद्वारा हस्ताक्षरित नोटमा उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयमले ब्यहोर्न चाहेको जानकारी गराईएको छ।

पत्रको भाषा भने स्वतस्फुर्त खर्च ब्यहोर्ने भन्दा पनि ‘करकापमा परेरपछि ब्यहोर्छु’ भन्ने आषयको छ। ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयमले वेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराईन्छ।’ प्रेस नोटमा भनिएको छ।

सोमवार मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिले आफनो उपचारमा लागेको खर्च आफनै खल्तिबाट ब्यहोर्छु भनेर घोषणा गर्न आग्रह गरेका थिए।

गगन थापा रामचन्द्र पौडेल

विशेष