News

एलओडीका २ कर्मचारीलाई ६ क्वाटर रक्सी खुवाएर बलात्कार, दुई जना पक्राउ

एलओडीका २ कर्मचारीलाई ६ क्वाटर रक्सी खुवाएर बलात्कार, दुई जना पक्राउ

काठमाडौंको ठमेल स्थित चर्चित क्लब एलओडीका दुई महिला कामदारलाई रक्सी खुवाएर बलात्कार गरिएको घट्ना सार्वजनिक भएको छ। ओलओडीका क्लिनर (सरसफाइ कामदार) लाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार वलात्कारको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ का ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठ र काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगरलाई पक्राउ गरिएको हो। मगरको स्थायी घर खोटाङको बाह्र पोखरी गाउँपालिका–२ हो।

गत वैशाख १५ गते बिहान साढे ६ बजे काम सकेर घर फर्किने क्रममा खाजा खाने वहानामा नसालु पदार्थ सेवन गराई उनीहरुले बलात्कार गरेको पीडितको गुनासो छ। पक्राउ मध्येका मगरले खाजा खुवाउन भन्दै सोह्रखुट्टे ओरालोमा रहेको एक खाजा पसलमा लगेका थिए।

त्यहाँ खाजा खाने क्रममा मदिरा सेवन गर्दै गएपछि आफूहरूलाई ट्याब्लेट खुवाएको दाबी पीडितले गरेका छन्। त्यसपछि ‘तिमीहरूलाई रक्सी लाग्यो आफै हिँडेर जान सक्दैनौ हामी कोठासम्म पु¥याइदिन्छौँ’ भनेर ट्याक्सीमा राखेर होटल पु¥याएको र बलात्कार गरेको जनाईएको छ।

पीडिकले पनि त्यहाँ श्रेष्ठ वाहेक ३ जनाले ६ क्वाटर गोल्डेन ओक (रक्सी) खाएको बताएका छन्। त्यसपछि उनीहरू काठमाडौं महानगरपालिका–२६ स्थित एक होटलमा पुगेका थिए। त्यहाँ दुईवटा रुम बुक गरेर मगरले एउटी र श्रेष्ठले अर्की महिलासँग शारीरिक सम्पर्क राखेका थिए। मगर भने श्रेष्ठ वसेको कोठामा पनि छिरेर अर्की महिलासँग पनि शारीरिक सम्पर्क गरेको जनाईएको छ।

विशेष