News

रेशम चौधरीलाई आममाझी दिने निर्णयको विरोधमा गगन थापा

रेशम चौधरीलाई आममाझी दिने निर्णयको विरोधमा गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएको विषयमा असन्तुष्टि जनाएका छन्। उनले रेशम प्रकरणमा सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरे।

ललितपुरमा सोमवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो। यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’– उनले भने।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले थपे– ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं ।’

विशेष