News

रेशम चौधरी प्रकरणमा रवि भन्छन– कैद मिनाहा हुनु निर्दोष हुनु होइन 

रेशम चौधरी प्रकरणमा रवि भन्छन– कैद मिनाहा हुनु निर्दोष हुनु होइन 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम माफी पाएर रिहा  भएका रेशम चौधरीलाई न्याय नभएको वताएका छन्।

गणतन्त्र दिवसको अवसर पारी सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाह पाएका चौधरीलाई न्याय नभएको उनको प्रतिक्रिया छ। ‘कैद माफी भएर छुट्दा चौधरी घटनामा दोषी प्रमाणित भए’ लामिछानेले भने–‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं।’

संसद् भवन नयाँ बानेश्वरमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ‘अहिले त उहाँ निर्दोष भएर छुट्नु भएन नि, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको उनले बताए। उनले तीनै तहका अदालतबाट फैसला हुँदाहुँदै गलत तरिकाबाट चौधरीलाई छुटाइएको उनले बताए। ‘अत्यन्त गलत प्रक्रियाबाट गरियो, स्वयम् रेशम चौधरीका लागि पनि न्याय भएन, जति पनि थारू हुनुहुन्छ उहाँहरूलाई पनि न्याय भए’ उनले भने–‘न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो।’

विशेष