यस्तो छ १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)
सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा सो रकमको बजेट प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यो चालू आवको भन्दा २.३७ प्रतिशत कम हो। चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो।
आगामी आवको कुल बजेटमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको १७.२५ प्रतिशत हो। चालू आवमा यो ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट रहेको छ। जुन कुल बजेटको ६५.२० प्रतिशत हो।
यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड व्यहोर्दा रु ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ। सो न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १२ अर्ब ७५ करोड जुटाइने बजेटमा उल्लेख छ।
राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने जनाईएको छ।
सरकारले सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट ल्याएको हो। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । तर, सरकारले त्योभन्दा ठूलो बजेट ल्याएको छ।
यस्तो छ बजेट वक्तव्यको पूर्णपाठ