News

कार्यकर्ता पाल्न सरकारले ब्युत्यायो बदनाम ‘संसद विकास कोष’

कार्यकर्ता पाल्न सरकारले ब्युत्यायो बदनाम ‘संसद विकास कोष’

जनस्तरबाट तिरस्कृत भएर हटाईएको ‘संसद विकास कोष’ लाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले फेरी ब्युताएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँत्याएका हुन। 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । उक्त कोषको रकममा आर्थिक अनियमितता भएको भन्दै महालेखा परीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको थियो । 

साथै, संघीयताविरोधी अभ्यास भएको भन्दै विरोध पनि भएको थियो । चर्को आलोचना र विरोध भएपछि दुई  वर्षअघि उक्त कोष खारेज गरिएको थियो । तर, त्यही बदनाम कोषलाई कांग्रेसका अर्थमन्त्री महतले ब्युँताएका हुन।

सोमवार वजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले ‘संसदीय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

२ जेठमा कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै उनले सांसद विकास कोष ब्युँताउन सुझाव आएको बताएका थिए । 

सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘पूर्वाधार विकास कोष’को अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भन्न थालियो ।

यस कार्यक्रम अन्तर्गत संघीय संसद निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरले बजेट विनियोजन हुने गरेको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

त्यसैले खारेज भएको सांसद विकास कोषलाई केही सांसदहरुले पुनः ब्युँताउनुपर्ने दबाब दिंदैआएका थिए । यसअघि पनि सांसदहरूले प्रत्येक निर्वाचन क्षेत्रमा १० करोडका दरले रकम पाउनुपर्ने भन्दै लविङ गरेका थिए ।

त्यसका नेता थिए एमाले सांसद विशाल भट्टराई । तर, त्यो अभियानको पनि चर्को विरोध भएको थियो । त्यतिबेला अभियान चलाएर नै हरेक निर्वाचन क्षेत्रलाई ६ करोड रुपैयाँ दिन संसद तयार भएको थियो ।

यो वजेट विकास निर्माणमा भन्दा पनि आर्थिक वर्षको अन्तिम समयमा कार्यकर्तालाई बाँडेर सिद्याउने गरिएको छ। 

संसद विकास कोष

विशेष