News अपराध सुरक्षा

अपराधलाई राजनीतिको खोल ओढाएर जेलमुक्त भएका रेशमलाई फुलमालाले स्वागत

अपराधलाई राजनीतिको खोल ओढाएर जेलमुक्त भएका रेशमलाई फुलमालाले स्वागत

कैलालीको टीकापुर घटनामा तीनै तहका अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् ।

पूर्व सांसदसमेत रहेका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएका हुन। मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि  नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका थिए भने उक्त फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।
 

विशेष