News

शेरबहादुर देउवाकी बहिनी पूर्वमन्त्री पाण्डेको निधन

शेरबहादुर देउवाकी बहिनी पूर्वमन्त्री पाण्डेको निधन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मवहिनी एवम् नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ। पाण्डेको मंगलबार सर्लाहीमा निधन भएको हो।

उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी थिइन्। २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य र २०६४ मा संविधान सभा सदस्य रहेकी पाण्डेसँग सभापति देउवाले भाइटीका लगाउँदै आएका थिए।

२००८ सालमा जन्मिएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन्। नेपाल महिला संघको दुई पटक सभापति भएकी उनले प्रजातन्त्रको स्थापना र पुनर्स्थापनाका क्रममा पटक–पटक जेल जीवन बिताएकी थिईन।
 

विशेष