News खेल

सन्दीप लामिछाने दक्षिण अफ्रिका जान पाएनन्, अदालतले किन गर्दैछ मुद्दामा ढिलाई ?

सन्दीप लामिछाने दक्षिण अफ्रिका जान पाएनन्, अदालतले किन गर्दैछ मुद्दामा ढिलाई ?

काठमाण्डौं जिल्ला अदालतमा रहेको बलात्कार सम्वन्धि मुद्दाको सुनुवाई नसकिएका कारण दक्षिण अफ्रिकामा हुन तयारी खेलमा सन्दीप लामिछाने सहभागि हुन नपाउने भएका छन्।

जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । 

नेपाली टिम मंगलबार राति साढे २ बजे दक्षिण अफ्रिका प्रस्थान गर्नेछ । नेपाली टिमले दक्षिण अफ्रिकामा स्थानीय टिमसँग चारवटा अभ्यास खेल खेल्नेछ । त्यो टिममा लामिछाने भने नजाने भएका छन्।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका लामिछाने अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा जान नसकेका हुन। जिल्ला अदालतमा मंगलबार पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थियो ।

न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदन उपर सुनुवाई गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि सुनुवाई रोकिएको छ। पछिल्लो केहि महिनादेखि उनीविरुद्धको मुद्दा नियमित पेशीमा चढिरहे पनि अन्तिम सुनुवाइ र फैसला हुन ढिला भइरहेको छ ।

नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ । 

विशेष