बाबुराम भट्टराई पहिलो पटक भारतको विपक्षमाः भारतीय संसदको भित्तेचित्र प्रति आपत्ति

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलो पटक भारतको विरोध गरेका छन्। भारतले आफनो नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्दै कपिलबस्तु र लुम्विनीलाई पनि भारतीय भुमी सरह देखाउन खोजेपछि भट्टराईले त्यसको विरोध गरेका हुन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा अंकित भौगलिक पहिचानप्रति चासो व्यक्त गरेका छन् । उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउने सक्ने चेतावनी समेत दिएका छन् ।
‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ’ उनले भनेका छन्–‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ।’
भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर भारतीय राजनीतिक नेतृत्वले यसलाई सञ्चार गर्नु बुद्धिमानी हुने उनको भनाई छ।