News अर्थ

प्रचण्डको अलमलले ६ दिनपछि मात्रै सुरु हुँदैछ बजेटमाथिको छलफल

प्रचण्डको अलमलले ६ दिनपछि मात्रै सुरु हुँदैछ बजेटमाथिको छलफल

सरकारले सोमबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफल प्रधानमन्त्री पुष्पकमल दाहालका कारण प्रभावित भएको छ।

सामान्यतया बजेट पेश भएको एक दुई दिनमै संसदमा बजेटमाथिको छलफल प्रारम्भ हुने गरेकोमा यस वर्ष भने ६ दिनपछि मात्रै छलफल सुरु हुने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबारदेखि ४ दिने भारत भ्रमणमा निस्कने भएकाले वजेटमाथिको छलफल ६ दिनपछि पुग्ने जनाईएको छ। प्रधानमन्त्री दाहाल भारतबाट फर्किएपछि मात्रै बजेटमाथिको छलफल हुनेछ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुनेछ । बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए । बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिनेछन्।

सरकारले यस पटक अनावश्यक खर्च कटौती र आवश्यक क्षेत्रमा खर्च बढाउने तयारीका साथ१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

बजेट

विशेष