News

मेयर बालेन्द्रले सांसदहरुलाई ‘वडा अध्यक्षको लेभलका’ भनेपछि...

मेयर बालेन्द्रले सांसदहरुलाई ‘वडा अध्यक्षको लेभलका’ भनेपछि...

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरु वडा अध्यक्षको हैसियतका भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बालेन्द्रले सांसदलाई वडाध्यक्षको हैसियतका भन्दै टिप्पणी गरेका हुन।

सोमवार प्रतिनिधि सभामा पेश भएको आगामी आर्थिक वर्षको वजेटमा प्रत्यक्ष निर्वाचन क्षेत्रमा ५ करोडका दरले सांसद विकास कोष छुट्याउने ब्यवस्था आएपछि बालेन्द्रको यस्तो टिप्पणी आएको हो।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो’ उनले लेखेका छन्–‘वडा अध्यक्षकै काम गर्न मन भए  किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’
 

विशेष