महोत्तरीमा दिनदहाडै वैंक लुटपाट, पेस्तोल देखाएर ३५ लाख लुटियो

महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको छ। अज्ञात हतियारधारी समुहले वैंकमा लुटपाट गरेको हो।
४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटिएको रकममा २÷३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए ।
लुटेरा समुह मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए। बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेको कर्मचारीहरुले जानकारी दिएका छन्।
प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए।