News

गौर हत्याकाण्डको अनुशन्धान गर्छु भन्दै प्रचण्डले उपेन्द्रलाई तर्साए

गौर हत्याकाण्डको अनुशन्धान गर्छु भन्दै प्रचण्डले उपेन्द्रलाई तर्साए

प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डको अनुशन्धान गर्ने बताउँदै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई तर्साएका छन्। 

मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै दाहालले गौर हत्याकाण्ड अनुशन्धान गर्ने कुरा उठाएका हुन।

उनले ठूला हत्याकाण्डका नामले परिचित गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताए। ०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गर्ने पनि उनले प्रतिवद्धता जनाए। 

‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन्। क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गरिन्छ’ उनले भने–‘ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड।’

नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरू रहेको र सत्यतथ्य नआएका सबै कुरा क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु पर्ने उनले वताए। 
 

गौर हत्याकाण्ड

विशेष