News

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको कार दुर्घटनामा मृत्यु

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको कार दुर्घटनामा मृत्यु

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारी ५३ वर्षीया सञ्जु खाती खड्काको मंगलवार कार दुर्घटनामा मृत्यु भएको छ। गम्भिर घाईते भएकी उनको कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।

पेसाले डाक्टर रहेकी सञ्जु उपप्रधानमन्त्री खड्काकी माहिली भाईवुहारी तथा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन्।

दुर्घटनामा सञ्जु सवार बा १३ छ ८२५३ नम्बरको कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ। बुटवलदेखि नेपालगन्जतर्फ जाँदै गरेको उनीहरू सवार कारलाई नेपालगञ्जदेखि काँकडभिट्टातर्फ जाँदै गरेको भे १ ख ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बेलुका साढे चार बजे बसले कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरले वताए।

निर्देशक डा. खड्का विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन गत जेठ ६ गते जेनेभा गएका छन्। मृतक सञ्जु र डम्बरका दुई छोरा छन्। एक छोरा एमबीबीएस पढ्दै गरेको जनाईएको छ।

विशेष