News

सर्पका नाममा झलनाथ खनाललाई राजावादीले गरे दुर्व्यवहार, ९ जना पक्राउ

सर्पका नाममा झलनाथ खनाललाई राजावादीले गरे दुर्व्यवहार, ९ जना पक्राउ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई युवाहरुको एउटा समुहले कार्यक्रम स्थलमै हुलहुज्जत गरेको छ। 

भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेटेर राखिएको नक्साको विरोधमा नेता साध्यबहादुर भण्डारीले बुधबार अनामनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम खनालमाथि हुलहुज्जत सहित दुरब्यवहार गरिएको हो।

कार्यक्रममा खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेल लगायतका नेताको उपस्थिती थियो। कार्यक्रम चलिरहेका बेला आफुलाई सन्तोष राजावादी वताउने व्यक्तिहरुले ‘युवाले पनि बोल्न पाउनुपर्छ’ भन्दै हुलहुलहुज्जत गर्दै गरे।

उनीहरुले माइक खोसेर राजतन्त्रको पक्षमा भाषण गरेका थिए भने सर्प पालनको विषय जोडेर नेता खनाललाई दुर्व्र्यवहकार गरका थिए। उनका समर्थकहरुले तोडफोड र नेता खनालविरुद्ध नारावाजी गरे। 

युवाहरुको यस्तो कृयाकलापपछि नेताका निजी सुरक्षा अधिकृतहरुले सन्तोषसहितका युवालाई बाहिर निकालेर प्रहरी वृत्त, सिंहदरबारको जिम्मा लगाएका थिए। 

अहिले सन्तोष राजावादीसहित ९ जना प्रहरी नियन्त्रणमा छन्। उनीहरुलाई मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय भइनसकेको प्रहरीले जनाएको छ।

खनालले सर्प पालनका नाममा राज्यको करोडौं रकम अपचलन गरेको आरोप लाग्ने गरेको छ। उनकै नाममा खोलिएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मार्फत सर्लाहीको लालबन्दी नगरपालिका— १ को ८ विघा जमिनमा विषालु सर्प पाल्न ७२ करोड रुपैयाँ दिएको थियो।

प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा उक्त रकम उपलब्ध गराएका हुन्। सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने योजना भएपनि स्वास्थ्य मन्त्रालयले लाखौं रुपैयाँ खर्च गरेर गरेको एक अध्ययनमा भने नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउन नसकिने निश्कर्ष निकालेको छ।

झलनाथ खनाल झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्प पालन

विशेष