News

चीनियाँ टोली भेटेर दिल्ली उडेका प्रचण्डसँग विनयमोहन क्वात्रा र अजित डोभालको भेट

चीनियाँ टोली भेटेर दिल्ली उडेका प्रचण्डसँग विनयमोहन क्वात्रा र अजित डोभालको भेट

आजै नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्। भ्रमणको पहिलो दिन प्रधानमन्त्री दाहालको बसाई नयाँदिल्लीस्थित मौर्य होटलमा हुनेछ।

सोही होटलमा प्रधानमन्त्री दाहाललाई भेट्न क्वात्रा र डोभाल होटल पुगेका हुन् । प्रधानमन्त्री दाहाललाई बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन।

तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गरेका दाहालको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन् । दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका रहेको छ ।

उनी जेष्ठ २० गते स्वेदश फर्किने छन। भारत भ्रमणमा जानु अघि दाहालले चीनियाँ टोलीसँग सरकारी निवास वालुवाटारमा भेटवार्ता गरेका थिए।
 

विशेष