News

प्रधानमन्त्री प्रचण्डको पछि-पछि भारत पुगे रवि लामिछाने, भ्रमण अर्थपूर्ण

प्रधानमन्त्री प्रचण्डको पछि-पछि भारत पुगे रवि लामिछाने, भ्रमण अर्थपूर्ण

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि भारत गएका छन्।

पार्टी स्रोतका अनुसार रविले रास्वपाका नेताहरू रहेको मेसेन्जर ग्रुपमा आफु मुम्बई गएको जानकारी दिएका छन्। उनी पत्नी निकिता पौडेल सहित भारत भ्रमणमा गएको जनाईएको छ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले व्यक्तिगत कामले सभापति लामिछाने भारत गएको जानकारी दिए। लामिछाने जहाजबाटै भारत गएको जनाईएको छ। तर, उनी जाँद कसैले पनि सुँईकोसम्म नपाएपछि कतिपयले आश्चर्य ब्यक्त गरेका छन्।

आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्। उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए।

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल जम्बो टोलीसहित दिल्ली पुगेका छन्। यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए। 

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहेका बेला श्रीमतीसहित रवि पनि त्यतै लागेपछि यसलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ। 

विशेष