News

चितवन कांग्रेसका नेता तथा ब्यवसायी कँडेल आफनै आफिसमा झुण्डिए

चितवन कांग्रेसका नेता तथा ब्यवसायी कँडेल आफनै आफिसमा झुण्डिए

चितवन कांग्रेसका नेता एवम् व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन्। उनले आर्थिक समस्याका कारण आत्महत्या गरेको आशंका गरिएको छ।

नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्य कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीको हुन। कँडेलले भरतपुर महानगरपालिका ३ स्थित नारायणगढ बेलचोकस्थित आफ्नै घरमा व्यवसायिक अफिस राखेका छन्।

उनी सोही आफिसमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीयका अनुसार आर्थिक समस्याका कारण उनले अनमोल फिड्स उद्योग वेचेका थिए भने बैंकले पनि कालो सूचीमा राखेको थियो। 
 

विशेष