News

फिल्म खेल्दै दीपक मनाङे, गुण्डा नाईके नै वन्छन् की हिरो ?

फिल्म खेल्दै दीपक मनाङे, गुण्डा नाईके नै वन्छन् की हिरो ?

 गुण्डा नाईकेका रुपमा चर्चामा रहँदा गर्दा प्रदेश सांसद हुँदै मन्त्री समेत भईसकेको गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अब फिल्म खेल्ने तयारीमा छन् ।

अभिनेता सविन श्रेष्ठसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘बाघचाल’ मा गुरुङ मुख्य भूमिकामा देखिने जनाईएको छ। दशैँअघि छायांकन पूरा गरी यसै वर्षको अन्तिमसम्म फिल्म प्रदर्शनमा आउने जनाईएको छ।

कथा, पटकथा र संवाद शिवम् अधिकारीको रहेको यो फिल्मको निर्देशन सम्राट बस्नेतले गर्दैछन्। फिल्मको एउटा गीत र केही दृष्य अष्ट्रेलियामा छायाँकन गरिने छ भने अरु छायाँकन नेपालमा हुनेछ। 

एक्सन र लभस्टोरीमा आधारित यो फिल्म मार्फत मनाङेले डेब्यु गर्न लागेका उनले यसअघि छोरा सिद्धार्थ गुरुङलाई फिल्म ‘वन वे’ मा खेलाईसकेका छन्। मनाङेले ‘पोई प-यो काले’ र ‘दुई नम्बरी’मा पनि लगानी गरेका थिए। 

विशेष