News

गौर हत्याकाण्ड चर्चामाः प्रचण्ड–उपेन्द्र दुवै सत्तामा

यौनीमा भाला घोचेर र स्तन काटेर यसरी गरिएको थियो माओवादी कार्यकर्ताको हत्या

गौर हत्याकाण्ड चर्चामाः प्रचण्ड–उपेन्द्र दुवै सत्तामा

जसपा अध्यक्ष उपेन्द्र यादवसहित पूर्वसांसद बबन सिंहसमेत जोडिएको गौरहत्या प्रकरण फेरी चर्चामा आउन थालेको छ। 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा गौर हत्याकाड र दरबार हत्याकाण्डको छानबिन गरी निचोडमा पुर्याउने बताएपछि यो विषय फेरी चर्चामा आएको हो।

उक्त हत्याकाण्डमा मारिएका पीडित परिवकारका सदस्यहरुले हालै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पनि दोशीलाई कारवाही गर्न गुहार मागेका छन्। श्रेष्ठले उक्त घट्नाको फाईल खोल्ने र अनुशन्धानलाई अगाडि बढाउने आश्वासन दिएको जनाईएको छ।

बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागर देवी उपाध्यायसहितका पीडित परिवार सर्वोच्च अदालत समेत पुगेको पाईएको छ। प्रधानमन्त्री दाहालले पार्टी कार्यालयमा निचोडमा पुर्याउने बताएकै दिन उनीहरु सर्वोच्चमा पुगेका थिए ।

यद्यपी सर्वोच्चमा उनीहरूले दिएको मुद्दा भने दर्ता भइनसकेको स्रोतले जनाएको छ। उपाध्यायले भने तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्न आफूहरू सर्वोच्च पुगेको बताएकी छिन्।

हाल जसपा अध्यक्ष रहेका उपेन्द्रसहित यो प्रकरणमा जोडिएका छन् । उनीहरूलगायतविरुद्ध रौतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ । धेरैलाई प्रहरीले फरार सूचीमा राखेको छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले ०६३ चैत ७ गते एकैदिन रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए । उपेन्द्र कार्यक्रमका प्रमुख अतिथि थिए।

दुवै पार्टीले निकालेको जुलुस अदालत चोकनिर जम्काभेट हुँदा दुवैले एक अर्कालाई ताली बजाएर स्वागत गरे। तर, केही समयपछि नै फोरमका कार्यकर्ताले माओवादीको मञ्च तोडफोड गरे । त्यसपपछि माओवादीका कार्यकर्ताहरूले फोरमको मञ्च तोडफोड गर्न थाले ।

माओवादीले मञ्च तोडफोड गर्न थालेको केही समयमा नै मञ्चमा गोली र बम विस्फोट भएको बताइन्छ । त्यसपछि दुई पक्षबीच महासंग्राम सुरु भयो। ५ महिला र २२ पुरुषसहित २७ जना माओवादीका कार्यकर्ताको क्रुर ढंगले हत्या गरियो।

बागमती नदीको किनारसम्म भागेका माओवादी कार्यकर्तामध्ये ३ महिला र ८ पुरुषलाई पक्रेर बौधीदेवीको मन्दिरमा लगेर हत्या गरिएको थियो। घट्नाका प्रत्यक्षदर्शीहरुका अनुसार माओवादीका महिला कार्यकर्तालाई यौनांगमा लाठी घोचेर र स्तनसमेत काटेर हत्या गरिएको थियो।

मञ्चनजिक ६ जना, हजमुनियामा ११ जना, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो ।

यो हत्याकाण्ड अध्यक्ष उपेन्द यादवकै निर्देशनमा भएको तत्कालीन माओवादीले दाबी गरेको थियो। मृतकका परिवारले किटानी जाहेरी पनि दिए, जसमा मुख्य आरोप यादवलाई लगाईएको छ। 

उक्त घट्ना भएको १६ वर्ष पूरा हुँदा पनि पीडित परिवारले न्याय पाएका छैनन्। घट्नापछि मधेशी जनअधिकार फोरम विभिन्न पार्टीसँग एकिरण गर्दै विभिन्न नाममा पटक–पटक सरकारमा सहभागि भएको छ। पछिल्लो पटक दुवै पार्टी सत्ताका सहयात्री हुन।

यो पनि,

उपेन्द्र यादव गौर घट्ना गौर हत्या काण्ड गौर हत्या प्रकरण

विशेष