News

भारत भ्रमणमा जानु अघि चीनियाँ नेतासँग प्रचण्डको कानेखुसी, के भयो सल्लाह ?

भारत भ्रमणमा जानु अघि चीनियाँ नेतासँग प्रचण्डको कानेखुसी, के भयो सल्लाह ?

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेका हो।

पहिलो विदेश भ्रमण भारतबाटै गर्ने अडानमा वसेका दाहालले भ्रमणमा जानु अघि चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता गरेका छन्।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले चीनियाँ नेतासँग भेटघाट गरेका हुन। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले माओवादीका अन्य नेताहरुसँग पनि भेट गरेका छन। 

भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ। कतिपय जानकारहरुले भने भ्रमणमा जानु अघि गुरुमन्त्र ग्रहण गरेको भन्दै आलोचना गरेका छन्।
 

विशेष