बालेन्द्रले किन भने– नयाँ–पुराना सबै नेता चोर हुन्

आफना योजनामा कसैको सहयोग नपाएपछि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह आक्रोशित हुन थालेका छन्। उनी कहिले नेताहरुलाई सिसडोलमा लगेर पुर्नु पर्छ भन्छन् कहिले सवै नेतालाई गाली गर्छन।
पछिल्लो पटक भने उनले नयाँ पुराना सबै नेतालाई चोरको संज्ञा दिएका छन्। बालेन्द्रले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै लेखेका छन्, ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन।’
बालेन्द्रले काठमाण्डौंबाट सिंहदरवार सारेर अन्यत्र लैजान धम्की समेत दिन भ्याईसकेका छन्। साहले कि काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न चेतावनी दिएका हुन ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस् । कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।’ उनले भनेका छन् ।
‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् ।’ उनले भनेका छन्– ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ, राजनिती हैन ।’
बालेन्द्रकै आदेशमा महानगरले यसअघि उठाउँदै आएको सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवासको फोहोर उठाउन बन्द गरेको थियो । मेयर साहले समस्या समाधान नभए फोहोर नउठाउने चेतावनी दिँदै आएका थिए। पछि सर्वोच्चको आदेशपछि महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ।