प्रचण्डको सरकार ढाल्न रवि लामिछानेलाई प्रधानमन्त्री बन्न ओलीको प्रश्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर आएको छ। संसदको दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई प्रधानमन्त्री वन्न अफर गरेका हुन।
अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतको दावी छ। ओलीको प्रस्तावपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि यस विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत पार्टी पनि सरकारसँग रुष्ट छ। दुई नेता बीचको भेटलाई रास्वपाले पनि पुष्टि गरेको छ। रास्वपाले फेसबुकमा लेखेको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दताः नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो।’
एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने गरी लामिछानेले छलफल अगाडि बढाएको स्रोतको दावी छ।
आफनो प्रयासमा माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाए पनि अन्तिम समयमा दाहालले गठवन्धन परिवर्तन गरेर राष्ट्रपतिमा कांग्रेसलाई सघाएपछि ओली रुष्ट छन्। सोही कारण एमाले सरकारबाट बाहिरिए ओली नयाँ गठबन्धन बनाएर दाहाल नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा छन।
रवि लामिछाने