News खेल

पीएसजीबाट मेस्सी निलम्बित, अनुमतिबिना साउदी गएको आरोप

पीएसजीबाट मेस्सी निलम्बित, अनुमतिबिना साउदी गएको आरोप

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सीलाई निलम्वन गरिएको छ। एसियाली मुलुक साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले उनलाई निलम्वन गरेको हो।

क्लबको अनुमतिबिना उनी साउदी गएकाले दुई साताका लागि निलम्बन गरिएको जनाईएको छ। फ्रान्सेली लिग वनमा पीएसजी र लोरेन्टबीच भएको खेलमा लोरेन्टलाई पीएसजीले ३–१ गोलले पराजित गरेको थियो। उक्त खेलपछि मेस्सी परिवारसहित साउदी अरेबियाको राजधानी रियाद भ्रमणमा गएका थिए। 

भ्रमणबारे उनले क्लबलाई जानकारी गराका थिएनन। निलम्बनपछि अब दुई सातासम्म उनलाई पीएसजीको क्लबमा प्रवेश दिइने छैन। यस बीच उनी क्लबले दिएका सुबिधाबाट वञ्चित हुनेछन्।

साउदीले सन् २०३० को विश्वकप आयोजना गर्न चाहेको छ। यसैबीच साउदीबाट मेस्सीलाई आकर्षक प्रस्ताव आएको समाचार पनि बाहिरिएको थियो। साउदी पुगेपछि त्यहाँका पर्यटन मन्त्री अहमद अल खातिबले सोमबार ट्विट गर्दै लेखेका थिए, ‘मेस्सी र उनको परिवारलाई यस अलौकिक र प्रमाणिक अनुभूति हुने पर्यटकीय गन्तव्यमा स्वागत गर्न पाउँदा खुसी छ।’

पीएसजीले सन् २०२१ मा बार्सिलोनाबाट प्रतवर्ष ३० लाख यूरोमा मेस्सीलाई अनुबन्धित गरेको थियो। पीएसजीले फ्रेन्च खेलाडी केलियन एम्बाप्पेलाई क्लबमा सामेल गर्ने तयारी गरेको छ। 

विशेष