News अपराध सुरक्षा

पक्राउ पूर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेद्वारा आत्मसमर्पण

पक्राउ पूर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेद्वारा आत्मसमर्पण

उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी आफै प्रहरी कार्यालयमा पुगेका हुन।

जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका पाण्डे गृह मन्त्रालयका पूर्व सचिवसमेत हुन् । बालकृष्ण खाँण गृहमन्त्री भएपछि उनकै जोडबलमा गृहसचिव भएका पाण्डेमाथि भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि पनि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।
 

टेक नारायण पाण्डे भुटानी शरणार्थी

विशेष