News अपराध सुरक्षा

भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका बाउछोरा विरुद्ध पक्राउ पुर्जी

भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका बाउछोरा विरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका बाउछोरा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोरा सन्दीप विरुद्ध बुधवार पक्राउ पुर्जी जारी गरेको हो। अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै आत्मसमर्पण गरेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा उनीहरु तानिएका हुन।

अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ ।

गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

रायमाझीले यसअघि भने दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको बताएका थिए। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा ऊर्जामन्त्री थिए। 

टोपबहादुर रायमाझी भुटानी शरणार्थी

विशेष