News

‘भान्जा’को डायरीले डुवायो टोपबहादुरको टुप्पी, ६० लाख नगदै वुझेको रेकर्ड भेटियो

भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले पनि वुझेछन् ७ लाख

‘भान्जा’को डायरीले डुवायो टोपबहादुरको टुप्पी, ६० लाख नगदै वुझेको रेकर्ड भेटियो

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका मोरङका सागर राईको बयानपछि भुटानी अधिकारवादी नेता टेकनाथ रिजालको नाम पनि अनुशन्धानमा तानिएको छ। 

चैत १५ गते पक्राउ परेका मोरङको पथरी शनिश्चरे नगरपालिका र–१० का पूर्व अध्यक्ष राईले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।

सागरले अमेरिका पठाउने नाममा करिब ४५ जनासँग रकम लिएको र तीमध्ये ३२ जनाबाट उनले नगदै लिएको पाईएको छ। आफुले उठाएको मध्येबाट केही नगद पूर्वमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीलाई दिएको सागरले बयान दिएका छन्।

रायमाझी र राईबीच पनि सम्पर्क स्थापित हुने प्रमाण प्रहरीले भेट्टाएको छ भने रायमाझी र उनका छोरा सन्दीपले नगद लिएको रेकर्ड ललितपुरका सानु भण्डारीको डायरीमा पनि भेटिएको छ । चैत १२ मा पक्राउ परेका भण्डारीले टोपबहादुरलाई ‘मामा’ भन्ने गरेका छन्। उनै भन्जाको डायरीको रेकर्डको आधारमा सायमाझी अनुसन्धानमा तानिएका हुन् ।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायामाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर, उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन। रायमाझीका छोरा सन्दीप भने बुधवार वेलुका नै पक्राउ परेका छन्। उनलाई अनुशन्धान गर्न तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ।

शरणार्थीको नाममा ठगी धन्दा चलाउने मुख्य योजनाकार सन्देश शर्मा हुन। उनी चैत २९ मा पक्राउ परेका थिए ।  हालसम्म पक्राउ परेका ८ जना आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन्।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार यो मुद्दामा अझै १०/११ जना पक्राउ पर्न सक्ने सम्भावना छ। परिसरमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्दै प्रहरीमा २० वटा जाहेरी परेको थियो। जसमा एक सयभन्दा बढी पीडितको हस्ताक्षर रहेको एसएसपी कार्कीले बताए।

भुटानी शरणार्थी टोपबहादुर रायमाझी

विशेष