News

मायाँदेवी मन्दिरमा वुद्धको अपमान, चीनको दादागिरीमा प्रधानमन्त्रीको प्रोत्साहन

मायाँदेवी मन्दिरमा वुद्धको अपमान, चीनको दादागिरीमा प्रधानमन्त्रीको प्रोत्साहन

२५६७औं बुद्धजयन्तीका अवसरमा लुम्विनी स्थित मायाँदेवी मन्दिरमा आयोजना गरिएको कार्यक्रमका विषयमा अहिले चिन्ता र चासो वढेको छ।

युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको मायाँदेवी मन्दिरमा नेपाल स्थित चीनियाँ दुतावासले विना अनुमति कार्यक्रम आयोजना गरेपछि यस प्रति चासो वढेको हो। दुतावसको यो शैलीले लुम्विनी विकास कोषलाई नै चिन्तित बनाएको छ।

चाइना रिलिजियस कल्चर कम्यूनिकेसन एशोसिएसनका महासचिव हान साङसहित ११ जनाले सहभागिता जनाउने उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतितिको रुपमा उपस्थित हुने जनाईएको छ।

सीमा मिचेर दुःख दिने र नेपाली सेनाको हत्या गरेर असान्ती मच्याउने देशले विना अनुमति शान्तिको प्रतिक मयाँदेवी मन्दिरमा होहल्ला मच्चाउन खोज्नु र त्यसलाई समर्थन गर्दै देशमा प्रधानमन्त्री नै प्रमुख अतिथी हुनले स्थानीयमा आश्चर्य थपेको छ।

तिब्बतको सस्कृति समाप्त गर्ने, धर्म नमान्ने, माओवादलाई मुल मन्त्र वनाएर हरियारको राजनीति राजनीति गर्ने देशले वुद्धको नाममा कार्यक्रम आयोजना गरेर अशान्ति मच्चाउन खोजेको उनीहरुको आरोप छ। चीनियाँ दुतावासको यो शैलीले वुद्धप्रति आस्था राख्ने भन्दा पनि वुद्धका नाममा राजनीति गर्न खोजेको स्पष्ट झल्किने लुम्विनी विकास कोषका एक सदस्यले वताए।

ध्यान केन्द्रका रुपमा रहेको मायादेवी मन्दिर परिसरमै आमसभाको शैलीमा कार्यक्रम गर्ने चीनियाँ दूतावासको तयारीको अहिले तिव्र आलोचना भईरहेको छ। अधिकांश बौद्धमार्गीहरुले यसको विरोध जनाएका छन् ।

मायादेवी मन्दिर परिसरमै ठूला–ठूला माइक जोडेर कार्यक्रम गर्ने कार्यलाई उनीहरुले चीनियाँ दादागिरीको रुपमा अथ्र्याएका छन्।

विश्व सम्पदा सूचीमा रहेका स्थलको सुरक्षा, संरक्षण र त्यसको सम्वद्र्धन जोड दिनुपर्नेमा उल्टै विदेशी निकायले आमसभा शैलीमा शान्ति क्षेत्रमा अशान्ति मच्चाउन खोज्दा प्रधानमन्त्री नै सहभागि भएर प्रोत्साहन गर्नु आश्चर्य भएको स्थानीयहरु वताउँछन्।

यसले बुद्धको मार्ग दर्शनकै अवमूल्यन भएको उनीहरु दावी गर्छन।

मायाँदेवी मन्दिर बुद्धजयन्ती

विशेष