News

प्रहरीमा भर्नाको तयारी गरिरहेका युवक ४ दिनदेखि वेपत्ता

प्रहरीमा भर्नाको तयारी गरिरहेका युवक ४ दिनदेखि वेपत्ता

नेपाल प्रहरीमा जागिर खाने भन्दै तीन महिनादेखी तयारी गरिरहेका खोटाङका एक युवक सुनसरीबाट वेपत्ता भएका छन्। खोटाङको रावावेसी गाउँपालिका ५, दुबेकोल निवासी मेघनाथ भट्टराईका छोरा २० वर्षिय मिलन भट्टराई वेपत्ता भएका हुन।

नेपाल प्रहरीमा भर्ना हुनका लागि तयारीका लागि उनी तीन महिनादेखि सुनसरीको दुहवी नगरपालिका ८, सोनापुर स्थित दिदीको घरमा वसिरहेका थिए। बैशाख १८ गते विहान नेपाल आर्मीमा भर्नाका लागि दरखास्त दिन नेपाली सेनाको इटहरी ब्यारेकमा गएका हुनी सोही दिनदेखि वेपत्ता भएका हुन।

मिलन वेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारीसहित खोजतलासका लागि आग्रह गरिएपनि प्रहरीले खासै चासो नदिएको पीडित परिवारले गुनासो गरेको छ। उनी जानसक्ने सवै स्थानमा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको दाजु सुमन भट्टराईले जानकारी दिए।

उनले मिलनलाई देख्ने वा फेला पार्नेले ९८६१७८१५५१ मा सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्।

मिलन भट्टराई सुमन भट्टराई

विशेष