News

पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं आउँदै गरेको अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पुर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिईएको हो । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो।

सन्दीप पनि पक्राउ परिसकेका छन्। पूर्वमन्त्रीसमेत रहेका रायामाझीलाई छोरा सन्दिपसँगै काठमाडौं ल्याईदैछ ।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो। यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। 
 

टोपबहादुर रायमाझी भुटानी शरणार्थी

विशेष