News

प्रहरीलाई छानविनमा सघाउँछु भन्दै किन फरार छन् बादल पुत्र प्रतिक ?

प्रहरीलाई छानविनमा सघाउँछु भन्दै किन फरार छन् बादल पुत्र प्रतिक ?

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकले प्रहरीको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तर, पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन्।

प्रतिकले एक प्रेस वक्तब्य जारी गर्दै आफै गृहमन्त्री भएझै गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो संलग्नता नभएको दावी गरेका छन्। थापाले गृह मन्त्रालयमा हुँदा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

पटक–पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक, तत्कालीन ऊर्जानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसमेत जोडिएका छन्।

यो प्रकरणमा बादलका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रतीककी आमा एवम् तत्कालीन सञ्चारनमन्त्री नैनकला थापाको पनि नाम मुछेका छन्।
 

विशेष