News

पक्राउ परेको भनिएका पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भगायो ?

पक्राउ परेको भनिएका पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भगायो ?

प्रहरी नियन्त्रणमा परेको भनिएका नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले भगाएको चर्चा सुरु भएको छ। बिहीबार बिहान प्रहरीको सम्पर्कमा पुगेका रायामाझी अहिले सम्पर्कमा नभएको भन्दै प्रहरीले अभिब्यक्ति दिन थालेपछि उनलाई भगाएको आशंका गरिएको हो।

विहिवार विहन उनी भैरहवा प्रहरीको सम्पर्कमा पुगेका थिए। वुधवार साँझ नै पक्राउ परेका उनका छोरा सन्दीपसँगै उनलाई पनि काठमाण्डौं ल्याउने तयारी रहेको कतिपय प्रहरी अधिकारीले जानकारी दिएका थिए। उनलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौँ ल्याउने तयारी थियो।

तर, केही समयपछि नै प्रहरीले आफनो कुरा फेरेर ‘टोपबहादुर हाम्रो सम्पर्कमा छैनन्’ भन्दै जवाफ दिन थालेको छ। खासमा टोपबहादुर बुधवार सभामुख देवराज घिमिरेसँग अर्घाखाचीमा थिए। 

साँझ उनी बुटवल आएका थिए। रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए। पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भए।

प्रहरी स्रोतका अनुसार बिहीबार बिहान प्रहरी र टोपबहादुरबीच सम्पर्क थियो। तर, उनलाई काठमाडौं ल्याउने तयारी गर्दैगर्दा फेरि प्रहरीको कुरा फेरीएको छ भने रायमाझी सम्पर्क विहिन भएका छन् । उनी अहिले कहाँ छन् भन्नेबारे सर्वत्र चासो छ।

प्रहरी उच्च स्रोतले भने टोपबहादुर आफैँ प्रहरीमा उपस्थित हुने भएकाले अवसर दिएको बताएको छ। उनलाई स्कटिङमार्फत काठमाडौं ल्याउने र काठमाडौं प्रहरीमा जान दिने वताईएको छ। 
 

टोपबहादुर रायमाझी

विशेष