भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड र मन्जु खाँड पनि तानिए
ओलीले चैत १३ को रेकर्ड वाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो।
दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ।
बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नहुँदै सर्वोच्च अदालतको आदेशले ओली सरकार ढलेको थियो। त्यसपछि उक्त गिरोहमा संलग्न भएका गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलगायतको विचल्ली भएको थियो।
पछि शेरबहादुर शेरवहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री भएपछि गृहसचिवमा पनि महेश्वर न्यौपानेलाई हटाएर टेकनारायण पाण्डेलाई ल्याईएको थियो। गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको भन्दै पाण्डेलाई सहयोग गर्न आग्रह गरे।
त्यसपछि यो कुरा खाँड पत्नि मञ्जु, आरजु राणा र शेरबहादुर देउवासम्म पनि पुगेको पाईएको छ। खाँण निकट एक कांग्रेसकासांसदले पनि उनीहरुसँग पैसा लिएको पाईएको छ।
सचिव पाण्डेले अफिसियल्ली आफुले मिलाउने वताएर पैसा लिएको भण्डारीले बयानका क्रममा वताएका छन्। स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।
यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र पनि जारी गरेको पाईएको छ। गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले त्यो परिपत्र गरेको पाईएको प्रहरी स्रोतले जनाएको छ।
दाङका सन्देश शर्माले गृह सचिव पाण्डे मार्फत मन्त्री खाँणलाई भेटेर केशव दुलाल, सानु भण्डारीसहितले कुरा गरेको र काम हुनेमा आश्वस्त भएको बयान दिएका छन् । यो सवै विषय ओलीले प्रधानमन्त्री दाहाललाई सुनाएको र एमालेलाई वदनाम गर्ने षडयन्त्र भए भण्डारीको वयान सार्वजनिक गर्ने चेतावनी दिएको स्रोतको दावी छ।
आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही गएको र देउवाले प्रधानमन्त्रीसँग चासो राखेको स्रोतको दावी छ।
यो पनि,
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीमाथि अनुशन्धान गर्न दबाव
- नक्कली भुटानी शरणार्थी प्रकरणः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पूर्जी
- हिरासतमा छिर्नु अघि ‘ग्वाँ–ग्वाँ’ रोए सन्दीप
- टोपबहादुर र बादलका छोराको फायल खुल्दा नन्दबहादुरका छोराको फायल किन खुलेन ?
- प्रहरी नियन्त्रणमै छन् टोपबहादुर, प्रहरीले यस कारण भन्छ ‘सम्पर्कविहिन’
- ‘भान्जा’को डायरीले डुवायो टोपबहादुरको टुप्पी, ६० लाख नगदै वुझेको रेकर्ड भेटियो
- पार्टी सचिवनै ठगी प्रकरणमा तानिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली
- पक्राउ परेको भनिएका पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भगायो ?
- प्रहरीलाई छानविनमा सघाउँछु भन्दै किन फरार छन् बादल पुत्र प्रतिक ?
- पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा
- बादल पत्नी नैनाकला र अख्तियार प्रमुख प्रेमकुमार राई पनि पक्राउ पर्न सक्ने
- टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ, बावुलाई पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’
- पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पनि पक्राउ पुर्जी
- भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका बाउछोरा विरुद्ध पक्राउ पुर्जी
- पक्राउ पूर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेद्वारा आत्मसमर्पण
- मन्त्री बादल र गृह सचिवलाई देखाएर इन्द्रजितले ५ करोड असुलेको खुलासा
- नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ