News

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रवार वसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पुस १० मा सरकारमा सहभागी हुँदा भने बमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएकोलगायतका विषय उठाउँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माघ २२ गते रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन् । रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो ।

त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो । बैठकमा सहभागी एक सांसदका अनुसार रास्वपाले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ । रास्वपाले पूर्ववत मन्त्रालयहरू पाउनुपर्ने बताउँदै आएको थियो । 
 

विशेष