News

मायाँदेवी मन्दिरमा मिनि चाईनाको झल्को (फोटो फिचर)

मायाँदेवी मन्दिरमा मिनि चाईनाको झल्को (फोटो फिचर)

२५६७औं बुद्धजयन्ती मनाउँन लुम्विनी स्थित मायाँदेवी मन्दिरलाई मिनि चाईनाको रुपमा सजाईएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित भएर आमसभाको शैलीमा सञ्चालन हुने कार्यक्रमका लागि मन्दिरलाई यसरी सजाईएको हो।

कार्यक्रम स्थलमा चाईनिज अक्षर र चाईनिज संस्कृति झल्किने साजसज्जा राखिएका छन्। मन्दिरलाई सिँगारिएको शैली हेर्दा कुनै पनि एंगलबाट नेपालको झल्को पाउन मुस्किल छ। 

काठमाण्डौं स्थित चीनियाँ दुतावासले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि हुन चाइना रिलिजियस कल्चर कम्यूनिकेसन एशोसिएसनका महासचिव हान साङसहित ११ जनाले टोली समेत आईसकेको छ।

युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको मायाँदेवी मन्दिर बुद्धको जन्मभुमीका रुपमा विश्वभरी प्रख्यात छ। जसलाई शान्तिको प्रतिकको रुपमा लिईन्छ। सोही मन्दिरमा होहल्ला मच्चाउन खोज्नु र त्यसलाई समर्थन गर्दै देशमा प्रधानमन्त्री नै प्रमुख अतिथी हुन आश्चर्य जनक भएको स्थानीयले बताएका छन्।

तिब्बतको सस्कृति समाप्त गर्ने, धर्म नमान्ने, माओवादलाई मुल मन्त्र वनाएर हतियारको राजनीति गर्ने देशलाई यसरी शान्ति क्षेत्रमा कार्यक्रमको आयोेजना गर्न दिनु नै गलत भएको उनीहरुको भनाई छ।

मन्दिर परिसरमै ठूला–ठूला माइक जोडेर कार्यक्रम गर्ने कार्यलाई उनीहरुले चीनियाँ दादागिरीको रुपमा अथ्र्याएका छन्।

बुद्धजयन्ती मायाँदेवी मन्दिर

विशेष